चितवन २ को उपनिर्वाचन :सत्ता गठबन्धनको उम्मेदवार कांग्रेसका जितनारायण

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | सत्ता गठबन्धनबाट चितवन–२ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको छ। गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।

आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो ।  

११ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । विहान पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने ती पदाधिकारीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!