मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।

करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाउनुभएको छ ।

मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उहाँले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने बताउनुुभयो । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उहाँले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।  मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गर्नुभयो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!