कक्षा ८ को परीक्षा दिँदै वडाध्यक्ष

Posted on: 26 Mar, 2023

चैत १२, बाँके | बाँकेको खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष गरिबे शेषले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका छन् । ४४ वर्षीय वडाअध्यक्ष शेषले खजुराको आर्दश मावि केन्द्रबाट परीक्षा दिएका हुन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफू परीक्षा दिन थालेको बताए ।

ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका अध्यक्ष शेषले घरमा शिक्षक राखेर ८ कक्षाको पाठ्यक्रम पढेका थिए । ‘मैले जीवनमा पढाइको महत्त्व धेरै बुझेपछि अगाडि पढ्ने सोच बनाएको हुँ,’ अध्यक्ष शेषले भने, ‘सानो हुँदा पढ्न पाइएन । घर परिवारमा वातावरण मिलेन, अब पढाइलाई निरन्तरता दिनेछु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!