नेकपा ब्युँताउने पक्षमा माधव नेपाल, ओलीलाई सोधे- पार्टी एकताको लागि तयार हो ?

Posted on: 24 Mar, 2023

चैत १०, गण्डकी | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् । उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपा ब्युँताउन प्रस्ताव गरेको बताए ।

पार्टी भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भने हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको उनले बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठीक छ, पार्टी एकताको लागि को-कोले के-के त्याग गर्नुपर्ने हो तयार हुनुपर्‍यो !’

नेकपाले दुईतिहाइ बहुमत प्राप्त गर्दासमेत जोगाउन नसकेको उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!