पर्सामा स्करपियोको ठक्करबाट पढेर फर्किरहेका १३ वर्षीय बालकको मृत्यु

Posted on: 21 Feb, 2023

फागुन ९, पर्सा | पर्साको ठोरीमा स्करपियो जीपको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। 

ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार​ ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा कोचिङ पढेर घर फर्किँदै गरेको बालकलाई ठक्कर दिएको थियो। 

ठक्करबाट बालक विश्वास श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र शरीरमा गम्भीर चोट लागि उपचारार्थ तराई अस्पताल वीरगञ्ज लगे पनि उपचारका क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरी चौकी विजयवस्तीले जनाएको छ। 

दुर्घटनापश्चात् फरार रहेको उक्त जीप र त्यसका चालक चितवन माडी-३ बस्ने वर्ष २५ को पदम विलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​ बालक श्रेष्ठको शवको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!