वीरगन्जमा एक पुरूष मृत फेला

Posted on: 05 Nov, 2022

१९ कात्तिक, वीरगञ्ज | वीरगन्जमा एक जना पुरूष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका-१६ मा एक जना अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृत्युुको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उनको भनाइ छ ।

 डिएसपी गिरीले भने प्रारम्भीक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!