सिरहाबाट हराएका युवकको शव विराटनगरको होटलमा भेटियो

Posted on: 14 Oct, 2022

असोज २८, सिरहा | सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा भेटिएको छ ।

शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको प्रहरीले बताए ।

प्रहरीका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ प्रहरीले भने, ‘सिरहाबाट अपहरण गरेको कुरा आएको छ, थप अनुसन्धान हुँदैछ । ’

युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!