पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

Posted on: 31 Mar, 2022

चैत १७, पर्सा । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । 

दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षिय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो ।  

दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!