मोतियाबिन्दुको निःशुल्क उपचार

Posted on: 17 Jan, 2022

माघ ३, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुको निःशुल्क उपचार सेवा  सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार  ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ ।

३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!