मास्क जनचेतना अभियान

Posted on: 16 Jan, 2022

माघ २, पर्सा | पर्साको ग्रामीण क्षेत्रअन्तर्गत विन्ध्यवासिनी गाउँपालिका–३ झौवागुठीमा मास्क जनचेतनामूलक वितरण अभियान सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टि र प्रहरी चौकी अमरपट्टिको संयुक्त आयोजनामा निःशुल्क रुपमा मास्क वितरण गरी मास्कसम्बन्धी जनचेतना फैलाइएको हो । 

मास्क लगाउने बानी छुटिसकेको हुँदा पुनः बढ्दै गरेको जोखिमपूर्ण अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरण गरिएको सशस्त्र प्रहरी, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टिले जनाएको छ । माक्सको प्रयोग गर्न प्रोत्साहन गर्नका लागि विन्ध्यवासिनी गाउँपालिकाको सहयोगमा माक्स वितरण गरिएको प्रहरी चौकी अमरपट्टिले जनाएको छ  । 

जिल्ला सदरमुकाम वीरगञ्जमा मास्कको प्रयोग भए पनि ग्रामीण क्षेत्रमा अझै पनि अधिकांशले मास्क लगाएको पाइँदैन । जनचेतनाको अभावमा मास्क नलगाउँदा सङ्क्रमण बढ्ने जोखिम रहेको छ । जोखिम कम गर्न र सङ्क्रमण फैलिन नदिन घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा खोप नलगाएका सबैलाई खोप लगाउन आग्रह गरिएको हो  ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!