देशका ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम, कुनमा कसको अग्रता?

Posted on: 16 May, 2022

जेठ २, काठमाडौं | देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ ।

यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम :

काठमाडौं महानगरपालिका :

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६ हजार ८ सय ९३ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ३ सय ६ सय ४४ मत ल्याएका छन् ।

पोखरा महानगरपालिका :

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार धनराज आचार्य ४ हजार ६ सय ३७ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ४ हजार २ सय १९ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका : 

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार विजय सुवेदी ४ हजार १ सय ८१ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार १ सय ४४ मत ल्याएकी छन् ।

ललितपुर महानगरपालिका : 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ४ हजार ४ सय ७३ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १ हजार ६ सय २१ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका : 

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ४ हजार ३ सय ८८ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले १ हजार ९ सय ६९ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका :

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ५ हजार १ सय ८३ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ३ हजार ६ सय ६७ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!