पौष ७ देखि पर्वतमा ‘प्रथम धौलागिरी चलचित्र महोत्सव’!

Posted on: 14 Dec, 2021

मङ्सिर २८, काठमाडौँ | पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौँ र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो।

गण्डकी प्रदेश अन्तर्गत धौलागिरीको सन्दर नगरी कश्मा पर्वतमा “पर्यटन प्रर्वदन कला र संस्कृतिको संरक्षण, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न गरिएको हो।धौलागिरीको पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग भित्रका लगानी कर्ता, कलाकार, निर्देशक, लेखक र प्राविधिकले निर्माण गरेका लघु चलचित्र, डकुमेन्ट्री, एनिमेशन र ठूलो पर्दाको चलचित्रहरुको छनोट गरि प्रदर्शन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको कार्यक्रमका संयोजक तथा अहुरी इन्टरटेन्मेन्ट प्रा.ली.का अध्यक्ष विशाल लोहनीले जानकारी दिए।

धौलागिरीको संस्कृति, पर्यटन र आर्थिक विकासमा प्रमुख सहयोग हुने गरि आयोजित महोत्सवमा धौलागिरीका करिब ३५० भन्दा वढि कलाकार र दर्जन बढि निर्माता, निर्देशकले सहभागीता रहने आयोजकले विश्वास लिएको छ।

विगतका वर्षहरुमा धौलागिरी क्षेत्रमै बसेर भिडियोमार्फत् सघर्ष गरिरहेका कलाकारहरु, निर्देशक र निरन्तर लगानी गरेका निर्माताहरुलाई हौसला प्रदान स्वरुप महोत्सवमा सम्मान समेत गरिने भएको छ।

महोत्सवको उद्धाटनसंगै ३० भन्दा वढि साना ठूला चलचित्रहरु चार दिन सम्म प्रदशनी हुने छ भने १० गते राष्ट्रिय स्तरमा ख्याती प्राप्त निर्देशक, कलाकार लगाएतका चलचित्र कर्मीहरुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम समापन गरिनेछ। कार्यक्रम भव्यताका साथ सम्मन्न गर्नका लागि करिब ६ देखि ७ लाख बजेट तय गरिएको आयोजकले जनाएको छ।

महोत्सव अवलोकनका लागि दर्शकहरुलाई रु. २००को टिकटमा २ पटकका लागि प्रवेश मान्य हुने गरी निर्धारण गरिएको छ। महोत्सव भव्य, सभ्य र सुरक्षितका साथ सम्पन्न गर्न आयोजकले सहयोगको अपेक्षा गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!