'तिमी सँग गहिरो माया बस्यो जलजला' (१३ तश्वीर सहित)

Posted on: 28 Aug, 2020

सचिन्द्र श्रेष्ठ | गीतको भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला, हुन त यो गीत र स्थान फरक हुदाहुँदै पनि समुन्द्रि सतह देखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ ।

हिउँदमा हिंमपात र बर्षातमा हरियालीसंगै बसन्तको अन्तिम समय सम्म पनि सेतो र रातो लालीगुराँसले शुसज्जित जलजलाको सिमसार क्षेत्रलाई कास्कीको नयाँपुल तिर बग्ने भागमा बाँध बाँधेर ताल बनाउने विषयमा सम्भाव्यता अध्ययन गरि तलाउ बनाउनु पर्ने माग आए पनि हाल सम्म उचित ब्यबस्थापन नभएका कारण जलजलालाई थप आकर्षक पर्यटकीय गन्तब्य स्थल बनाउन सकिएको छैन  ।

अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नाङ्गी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै जलजला पुग्न सकिन्छ ।साथै कुस्मा बजार देखि ७,८ घण्टाको उकालोमा धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न र हेर्नसकिने यो जलजला प्रचार प्रसार,अध्ययन अनुसंधान र पूर्वाधारको कमीले पर्यटकीय गन्तब्य हुदा पनि पछाडि छ तसर्थ समयमै यस तर्फ ध्यान दिए पर्यटक ब्यसाय र पर्यटन प्रबधनमा ठुलो राहत हुने थियो।

तस्बिर क्रेडिट: लक्षमण लक्ष्य 

यस बिषयमा तपाइको प्रतिक्रिया...!