समाज | पर्बत - PBT


नारी बचतको नवौं साधरणसभा सम्पन्न

Posted on January 05, 2020 | views : 1673 | पर्बत - PBT

पर्वत । नारी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा आइतबार सम्पन्न भएको छ । विभिन्न संघस्संस्थामा आवद्ध रहेका महिलाहरुद्वारा संचालित उक्त संस्थाले नेपाल सरकारले सहकारी विभागले जारी गरेको नयाँ व्याजदर अनुसार बचतमा  १० प्रतिशत र लगानीमा १६ प्रतिशत लिने निर्णय सर्वसम्मतले पारित गरेको छ । सहक

Read More

पर्वतका उच्च पहाडी क्षेत्रमा हिमपात

Posted on January 04, 2020 | views : 1577 | पर्बत - PBT

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो। हिउँका कारण जिल्लाका विभिन्

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31268 | पर्बत - PBT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

४० वर्ष पुरानो पुखौली पैदल मार्ग कालोपत्रे हुने

Posted on December 25, 2019 | views : 1643 | पर्बत - PBT

पर्वत । २०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो । गण्डकी प्रदेश सरकारले  स्याङजाको नौडाँडादेखी पर्वतको हिलोखोला हुँदै कार्कीनेटासम्मको ११ किलो

Read More

मानवअधिकार उल्लंघनका घटना बढे

Posted on December 24, 2019 | views : 1783 | पर्बत - PBT

पर्वत । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा जिल्लामा मानवअधिकार उल्लंघनका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अध्ययनमा ५० प्रतिशत बढेको देखिएको हो । गैरकानूनी गिरफ्तार ४, हत्या २, बालयौन दुव्र्यवहार ७, बलात्कार ४ ,घरेलू हिंसा १० र भौतिक क्षति  एक गरी कुल २९ घटना घट

Read More

छैठौ पर्वत महोत्सव हुने

Posted on December 24, 2019 | views : 1821 | पर्बत - PBT

पर्वतमा छैठौ पर्वत महोत्सवको आयोजना हुने भएको छ । स्थानीय लघुउद्यमको विकास र प्रर्बद्धनका साथै नेपाल भ्रमण वर्षलाई लक्षित गरी माघ ९ देखि १९ सम्म छा्रैठौ पर्वत महोत्सव हुन लागेको हो ।  पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमलाई  प्रर्वद्धनका लागि

Read More

प्याजको विकल्पमा मेथी र जिरा

Posted on December 19, 2019 | views : 2595 | पर्बत - PBT

पुस ३, पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।  प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ

Read More

भ्रमण वर्ष सफल पार्न अन्तरक्रिया

Posted on December 18, 2019 | views : 1787 | पर्बत - PBT

पर्वत । नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको आन्तरीक भ्रमण वर्षलाई सफल पार्नको लागि पत्रकारसँग गण्डकी प्रदेश सरकारले अन्तरक्रिया गरेको छ । भ्रमण वर्ष सफल बनाउन पत्रकारको भूमिका विषयमा पर्वतमा रहेका कृयाशिल पत्रकारसँग गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अन्तरक्रिया गर

Read More

पर्वतमा एक युवक मृतावस्थामा फेला

Posted on December 15, 2019 | views : 2322 | पर्बत - PBT

मङ्सिर २९, पर्वत । (रासस) । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।  अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।&nb

Read More

पर्बतमा भिरबाट लडेर एक महिलाको मृत्यु

Posted on December 12, 2019 | views : 2689 | पर्बत - PBT

मङ्सिर २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले  जनाएको छ ।  बुधबार दिउँसो द

Read More

नक्सा पासबिनै अस्पताल भवन

Posted on December 12, 2019 | views : 1968 | पर्बत - PBT

 सरकारले २०७३ सालयता बन्ने सरकारी तथा निजी संरचनामा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । ०७२ को भूकम्पपछि बन्ने सबैजसो संरचना भूकम्पप्रतिरोधी बनाउन सरकारले चालेको कदम सरकारी संरचनामै पालना भएको छैन ।  जिल्लामा करिब ३० करोड रुपैयाँ लागतको निर्माणाधीन जिल्ला अस्पताल

Read More

फलेवासमा अर्जुन जोशीको भाषण, आफ्नै चुनावी क्षेत्रमा मन्त्रीलाई निषेध

Posted on December 11, 2019 | views : 2551 | पर्बत - PBT

 यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दिन दर्शकहरुको चाप ह्वात्तै बढेर आएको छ । मंसिर १९ गतेदखी शुरु भएको महोत्वसको आज छटौँ दिनमा आईपुग्दा सबैभन्दा बढि दर्शक अवलोकन गरेको आयोजकको दावी छ । मेलालाई सम्बोधन गदै नेपाली काँग्र

Read More

पर्बतमा मात्र एक वर्षमा ९७२ ले गराए गर्भपतन

Posted on December 05, 2019 | views : 1495 | पर्बत - PBT

मङ्सिर १९, पर्बत | पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।  जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बता

Read More

फलेवास महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री गुरुङले उद्घाटन गर्ने

Posted on December 04, 2019 | views : 1723 | पर्बत - PBT

पर्वत । प्रथम फलेवास महोत्सवको तयारी पूरा भएको छ । यहि मंसिर १९ गतेदेखि २९ गतेसम्म आयोजना गरिएको बृहत फलेवास महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका

Read More

पर्वतमा प्रेस संगठनको एकता प्रकृया टुंगियो

Posted on December 03, 2019 | views : 1772 | पर्बत - PBT

  पर्वत । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया पर्वत जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको पर्वत जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष गणेश गिरी चयन भएका छन । सह संयोजकमा भने साविक प्रेस सेन्टरका अध्यक्ष राजबाबु पिसी चयन भएका छन ।

Read More

गाई काटेर खाने जेल चलान

Posted on December 02, 2019 | views : 2120 | पर्बत - PBT

गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका–२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल चलान भएका हुन् । उनीहरूले २७ जेठमा गाउँमै गाई काटेर खाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको

Read More

फलेवास महोत्सवको उद्घाटन मन्त्री गुरुङले गर्ने

Posted on December 02, 2019 | views : 1735 | पर्बत - PBT

पर्वतको फलेवास नगरपालिकामा आयोजित नगरमै पहिलो पटक बृहत १० दिने मेलाको  तयारी लगभग पुरा भएको छ । युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका छन् । फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजनाको

Read More

फलेवासमा आयोजित मेलाको तयारी पुरा

Posted on November 28, 2019 | views : 1685 | पर्बत - PBT

पर्वतको फलेवास नगरपालिकामा नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको ८० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रम स्थालमा अहिले स्टल बनाउने काम देखी मञ्च सिंगार्ने काम हुँदै छ । मेलामा भ

Read More

स्थानीय गाई संरक्षणको लागि गौ महोत्सव

Posted on November 25, 2019 | views : 1698 | पर्बत - PBT

पर्वत ।  लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमा नै पहिलो पटक पर्वतमा गौ महोत्सबको तयारी तीब्र भएको छ । गौ महोत्सब पर्वतको जलजला गाउँपालिकाको धाइरिङ्गमा आयोजना गरिने भएको हो । महायज्ञ मुल आयोजक समितिले पर्वतको कुस्मामा बुधबार पत्रकार सम्मेलन गरेर नेपालमै पहिलो पटक आयोजना गरिने

Read More

अबैधरुपमा नदी दोहनले बस्ती नै जोखिम

Posted on November 25, 2019 | views : 1828 | पर्बत - PBT

पर्वत । अबैध रुपमा नदी दोहनले बस्ती नै जोखिममा परेको छ । मोदी गाउँपालिकाको मोदीखोला, पातिखोला र रतिखोलामा अबैधरुपमा दोहन शुरु भएको हो ।  वडा अध्यक्षहरु नै ठेकेदारसँग मिलेर खोला दोहन गर्न लागेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । रक्षक नै भक्षक भए जसका कारण गाउबस्ती नै जोखिमा परेका छ स्थानीयबा

Read More

पहिरो पीडितलाई घर

Posted on November 25, 2019 | views : 2132 | पर्बत - PBT

पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितलाई अन्तराष्ट्रिय पर्वत सेवा समाजले घर बनाइदिएको छ । २०७५ साल साउन २ गते आएको पहिरोका कारण घरवारविहिन भएका तीन परिवारलाई उक्त समाजले घर निर्माण गरिदिएको हो ।  पहिरोमा परि १ जनाको ज्यान गएको थियो भने १५ घरपरिवार विस्थापित भएका थिए ।  समाजले वडा

Read More

समन्वयको भवन जीर्ण, कागजातपत्र अलपत्र

Posted on November 25, 2019 | views : 1824 | पर्बत - PBT

पर्वत । तत्कालीन जिल्ला विकास समितिको भवन जीर्ण बनेको छ । हाल जिल्ला समन्वय समितिको कार्यालय रहे पनि भवनको संरक्षण हुन नसक्दा भवन जीर्ण बनेको हो । २०२२ सालमा बनेको भवन भूकम्पपछि आंशिक क्षति भएको र त्यहि भवनलाई जिल्ला समन्वय समितिले प्रयोग गर्दै आएको जिल्ला समन्वय समितिका संयोजक मनोह वि पौडेलले बताए

Read More

कालीगण्डकीमा जलयातायात (स्टीमर) संचालन

Posted on November 25, 2019 | views : 3897 | पर्बत - PBT

पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो । वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा पानीको बहाब कम भएसँगै पुन

Read More

१४ वर्षपछि पत्रकार महासंघ सरकारी भवनमा , केक काटेर खुसियाली

Posted on November 19, 2019 | views : 1820 | पर्बत - PBT

पर्वत । स्थानाको १३ औं वर्षसम्म भाडाको घरमा बस्दै आएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत १४ औं वर्षदेखि भने सरकारी भवनमा बस्ने अनुमति पाएको छ । भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखाले आफ्नो स्थापना दिवसको १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा सरका

Read More

बलत्कारको कसुरमा १२ वर्षिय वालकलाई कैदको फैसला

Posted on November 10, 2019 | views : 1641 | पर्बत - PBT

पर्वत । सात वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले १२ वर्षिय बालकलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधिस सुर्यबहादुर थापाको इजलासले  वालकलाई   ६ महीना कैद सहित  २० हजार रुपैयाँ  क्षतीपुर्ती दिनुपर्ने फैसला गरेको हो । 

Read More

मध्यमोदीको सुरुङ खोल्ने काम सम्पन्न

Posted on November 06, 2019 | views : 1453 | पर्बत - PBT

 कात्तिक २०, पर्वत मोदी । गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१  मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो । सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १००  मिटरको हारा

Read More

गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल शिला शालिग्राम जीर्ण बन्दै

Posted on October 23, 2019 | views : 3107 | पर्बत - PBT

कात्तिक ६, गुल्मी | एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बी

Read More

राष्ट्रिय बालमा नृत्य प्रतियोगिता सम्पन्न

Posted on October 18, 2019 | views : 2537 | पर्बत - PBT

पर्वत । राष्ट्रिय बाल शिक्षा सदन आवासिय माबिमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ . अन्तरसदनात्मक कार्यक्रममा ४० जना सहभागी भएका थिए । निमाविस्तरीय नृत्य प्रतियोगित कक्षा ६ ले आयोजना गरेको विद्यालयले जनाएको छ । बिद्यालयका प्रिन्सिप थानेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक शुभेच्छ

Read More