मिस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितिन

Posted on: 16 Dec, 2018

पुष १, पर्वत । दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज बागलुङकी शिल्पा कार्कीले जितेकी छन् ।

अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्कीले दोस्रो मिस एण्ड मिसेस धौलागिरीको ताज जितेकी हुन् ।

कार्कीले उपाधी संगै ५० हजार नगद पुरस्कार समेत जितेकी छन् । कक्षा १२ मा अध्ययनरत कार्कीले बेष्ट डान्सरको उपाधी पनि जितिन् । उनलाई प्रथम मिस धौलागिरी निरुता भण्डारीले ताज लगाई दिएकी थिइन् ।

भविश्यमा नायिका बन्ने लक्ष्य राखेको र नायिका बनेरै बाबुआमाको मुहारमा खुसी ल्याउने कार्कीको लक्ष्य छ । उनले नायिका बन्ने बाटोमा मिस धौलागिरीको उपाधीले थप हौसला थपेको प्रतिकृया दिइन् ।

यसैगरी प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनअर अप भईन । स्पष्ट बक्ता रहेकी सुवेदीले मोष्ट ट्यालेन्ट उपाधी पनि हात पारिन् । उनले ३० हजार नगद पनि जितेकी छन । भविश्यमा कुशल सञ्चारकर्मी बन्ने लक्ष्य राखेको सुवेदीले बताइन् ।

यसैगरी सेकेण्ड रनअर अप बागलुङकी साक्षी श्रेष्ठ भइन । उनले १५ हजार नगद पुरस्कार हात पारिन भने मोष्ट फोटोजेनिकको उपाधी पनि जितिन । यसैगरी भिउवर च्वाईसको उपाधी भने पर्वतकी अनुपा राईले जितिन । उनले १० हजार नगद पुरस्कार पाउन सफल भइन । उनले मोष्ट स्माइलको उपाधी पनि जितिन् ।


प्रतियोगितामा सहभागीहरु मध्ये रसबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो भने उनले गुड पर्सानलिटीको उपाधी पनि जितिन ।

यसैगरी प्रतियोगितामा मनिषा पन्त मोष्ट एक्टीभ, बेष्ट क्याटवाक अस्मिता सुनार, बेष्ट फिगरमा सम्झना अर्याल, बेष्ट भ्वाईसमा सम्झना लामगादे र बेष्ट हेयर रत्नालक्ष्मी कर्माचार्य हुन सफल भए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!