स्ववियू निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबैलाई पत्तासाफ पार्छ (भिडियो)

Posted on: 11 Oct, 2020

पर्वत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबै विद्यार्थी संगठनलाइ्र्र पत्ता साफ गर्ने –अनेरास्ववीयूका विद्यार्थी नेताले बताएका छन् ।

अनेरास्ववियूमा पछिल्लो समयमा जिल्लाका सातै स्थानीय तहमा विद्यार्थीहरुको लहर लागेको भन्दै ती विद्यार्थी नेताले अन्य विद्यार्थी संगठन पत्ता साफ हुने बताएका हुन् ।


जिल्लामा भएको एक कार्यक्रममा आफ्ना विद्यार्थी नेताहरुलाई प्रशिक्षण गर्दै उनले पर्वत जिल्लालाई समृद्ध बनाउनको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । उनले नेकपा आवद्ध अनेरास्ववियूले देशको सीमामा सुरक्षादेखि विकास निर्माणमा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले आगामी दिनमा जिल्लालाई थप शक्तिशाली बनाउनको लागि विद्यार्थी नेताहरु थप क्रियाशिल र आफ्नो संकगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

नेकपा सरकारले गरेका विकासका कारण र शिक्षा क्षेत्रका गरेका कामको गाउँगाउँका विद्यालयका पुगेर प्रचार गर्नुपर्ने र आफ्नो संगठनलाई थप शक्तिशाली र प्रभावकारी बनाउनको लागि जोड दिनुपर्नेमा जोड दिए ।

 भिडियो हेर्नुहोस ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!