पाँचथरमा आँखा शिविर बाट अठार सय बढीले लिए सेवा

Posted on: 21 Sep, 2022

कमल घिमिरे । असोज ५ । पाँचथर, पाँचथरको फिदिममा सञ्चालन भएको ५ दिने निशुल्क आँखा शिविर बाट १ हजार ८ सय ६ जना आँखाका बिरामिले सेवा लिएका छन् ।

शिविरमा २ सय ५० जनाकोे शल्यक्रिया गरिएको छ । असोज १ बाट सञ्चालन भएको शिविरबाट पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका नागरिकहरुले सेवा लिएका छन् ।

जनसेवा समाज पाँचथरको आयोजना, फिदिम नगरपालिकाको आर्थिक सहयोग र मेचि आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा  शिविर सम्पन्न भएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

शिविर बाट आँखाको समस्या बाट धेरै मुक्त भएको र बन्द भएको आँखा खुलेकोमा अत्यन्तै हर्षित भएको सेवाग्रहीले बताएका छन् । शिविरमा आएका बिरामिहरुको मोतिबिन्दु, ऐजेरु पलाको, ढकनी फर्केको लगायतको अप्रेसन गरिएको मेचि आँखा अस्पतालका चिकित्सक पुरुषोतम जोशी र आशिष राज पन्तले बताउनुभयो ।

फिदिम नगरपालिकाको ६ लाख रुपैँँया आर्थिक सहयोगमा भएको शिविरको औपचारिक  सम्पन्न आज भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!