पत्रकार बोहोरा सम्मानित

Posted on: 09 Sep, 2022

कमल घिमिरे । भाद्र २४ । पाँचथर,पाँचथरका पत्रकार युद्ध बहादुर बोहोरा सम्मानित हुनु भएको छ ।

पब्लिक टाइम्स साप्ताहिकको १० औँ वार्षिक उत्सवको अवसरमा टाइम्सका उत्कृष्ट संवाददाताको रुपमा बोहोरालाई सम्मान गरेको हो । बोहोरालाई नगद २ हजार २ सय २२ रुपैँया, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । विगत ५ वर्ष यता पत्रकारितामा सक्रिय रुपमा लागेका बोहोरा नयाँ बुलन्द अनलाइनका सम्पादक पनी हुनुहुन्छ । 

पब्लिक टाइम्स साप्ताहिक प्रेस काउन्सिल नेपाल बाट क वर्गमा बर्गीकृत हुने पाँचथरको पहिलो पत्रिका हो । टाइम्सको १० औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरी विज्ञापन दाता लाई प्रशंसा पत्र र बोहोरालाई सम्मान गरिएको थियो । 

कार्यक्रम फिदिम नगरपालिकाका उप प्रमुख राधा कृष्ण नेउपानेको प्रमुख आतिथ्यता र टाइम्सका प्रधान सम्पादक गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!