५० हजार राशीको फोनिज पत्रककारीता पुरस्कार शेर्मालाई

Posted on: 12 Aug, 2022

कमल घिमिरे । साउन २७, पाँचथर नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज)ले ‘फोनिज पत्रकारीता पुरस्कार–२०७९’ पत्रकार कविन्द्र शेर्मालाई प्रदान गरेको छ ।

महासंघको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिजका संस्थापक अध्यक्ष शेर्मालाई पुरस्कार स्वरुप ५० हजार रुपैँया प्रदान गरेको हो । यसै वर्ष देखी स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिनुभयो । 

पाँचथर कुम्मायक गाउँपालिका – २ मा जन्मिएका शेर्मा दुई दशक यता पत्रकारितामा सक्रिय हुनुहन्छ । शेर्मा हाल न्युज ट्वन्टी फोर टेलिभिजनका जिल्ला संवाददाता र पाँचथर मिडिया प्रा.लि.का अध्यक्षको रुपमा काम गरिराख्नु भएको छ । 

यस्तै फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘फोनिज नवोदित पत्रकारीता पुरस्कार’ सञ्चारकर्मी सुनिता खजुमलाई प्रदान गरेको छ । खजुमलाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रम फोनिज पाँचथर अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षता र एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!