पाँचथरको फालेलुङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने

Posted on: 18 Mar, 2022

कमल घिमिरे । चैत्र ४ । पाँचथर , पाँचथरको फालेलुङ गाउँपालिका – ६ बरभञ्ज्याङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने भएको छ ।

हेभेन्ली पाथ फालेलुङ ५ र ६ को संयुक्त आयोजनामा हुने कार्यक्रम दुइ दशक पछी हुन लागेको हो । कार्यक्रममा हेभेन्ली निर्भाणा पाथका सुत्रधार, प्रेमवादका दार्शनिक ॐनन्दको उपस्थित हुने बताइएको छ । कार्यक्रम अनुसार चैत्र ६ गते बाट आमश सिविर सञ्चालन, चैत्र ११ गते श्री सिंह बाहिनी मा.वि.को प्राङ्गडमा आध्यात्मिक सन्देश कार्यक्रम हुने भएको छ ।

कार्यक्रमको समापन चैत्र १२ गते जलजले पोखरीमा गुरुहरुको पुनरागमन कार्यक्रम, धारा उद्घाटन, वातावरण संरक्षण लगायतका कार्यक्रम हुने आयोजक मुल समारोह समितिका अध्यक्ष अमरविर राईले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!