फिदिमको खेल मैदानको पुन निर्माणको काम स्थगित

Posted on: 26 Jan, 2022

  कमल घिमिरे । माघ १२ । पाँचथर, पाँचथरको फिदिम बजार भित्र रहेको खेल मैदानको पुन निर्माणको काम रोकिएपछी खेलकुदको गतिविधीमा प्रभाव परेको छ । 

मैदानको पर्खाल भत्किएपछी लथालिङ्ग बनेको खेल मेदानको पुन निर्माण कार्य राष्ट्रिय खेलकुद परिषदको १० करोड ६३ लाख लागतमा २०७७ माघ देखि सुरु भएको थियो । भुक्तानी नपाएर काम स्थगित गरेको र भुक्तानी पाए काम अगाडी बढाउने निर्माणको जिम्मा पाएको कम्पनी किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङका प्रतिनिधी सुरेश कुमार काफ्लेले बताउनुभयो । 

राष्ट्रिय खेलकुद परिषदमा भएको सदस्य सचिव नियुक्तिको विषयमा अदालतमा परेको मुद्धाको कारण भुक्तानी रोकिएको र मुद्धाको छिनोफानो भए पश्चात भुक्तानी दिइने राखेप पाँचथरका कार्यालय प्रमुख मात्रिका प्रसाद दाहालले जानकारी दिनुभयो । 

आगामी असार सम्ममा सक्नु पर्ने काम नसकिने भएपछी जिल्लाकै सर्वाधिक फुटबल प्रतियोगिता २ वर्ष देखी सञ्चालन हुन सकेका छैनन्, खेलाडीले गर्ने अभ्यास पनि प्रभावित बनेको छ ।  खेल मैदानको पुन निर्माणको काम चाँडै सम्पन्न गरी खेलकुदका गतिविधी नियमित गर्नुपर्ने सरोकारवाला र फुटबलप्रेमीको माग छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!