वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै सामी परियोजना

Posted on: 07 Dec, 2021

कमल घिमिरे । मंसिर २१ । पाँचथर वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमुलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको सामि परियोजना प्रभावकारी बनाउन पाँचथरका पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

 “स्वदेशमा नै रोजगारी गरौँ,वैदेशिक जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मुल नारालाइ लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना(सामी) नेपाल सरकार र स्विस सरकारको द्विपक्षिय सम्झौता अनतर्गत तेस्रो चरणमा भइरहेको हो । परियोजनाले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमुलक तालिमहरु निशुल्क रुपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागी जाने प्रक्रिया,कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्म्बन्धि सम्पुर्ण कुराहरुको बारेमा जानकारी दिइने बताइएको छ । 

पाँचथर जिल्लाका ४ वटा स्थानिय तहहरुमा सञ्चालन भइरहेको परियोजनामा चालु आर्थिक वर्षमा २१ लाख ९० हजार वजेट विनियोजन गरिएको छ । फिदिम नगरपालिका, फालेलुङ , फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको परियोजना प्रमुख राम कुमार कर्णले जानकारी दिनुभयो । परियोजनाल यस आर्थिक वर्षमा आप्रवासन स्रोत केन्द्र बाट वैदेशिक रोजगारीमा जाने ४ सय ३५ महिला र १ हजार २२ जना पुरुषलाई बैदेशिक रोजगार सम्बन्धि  सुचना प्रवाह गरेको बताइएको छ । 

नेपालबाट हाल सम्म ५८ लाख भन्दा बढी नेपाली श्रम स्विकृती लिएर बैदेशिक रोजगारमा छन्, ति मध्ये ८० प्रतिशत मात्र कामदारले सहज तरिकाले काम गर्न पाइरहेका छन भने बाँकीले विभिन्न समस्याहरु झेल्नु परेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा सहजकर्ता अम्बिका प्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार परियोजनाले विदेशमा समस्यामा परेका नेपाली कामदारहरुलाई पनि आवश्यक सहयोग गरिने बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!