दर्शक हँसाएर भोटको अपिल गर्दे भरतमणी

Posted on: 07 Sep, 2021

कमल घिमिरे।भदौ२२।पाँचथर , रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भरत मणी पौडेल दर्शक हँसाउँदै फिदिमा भोटको अपिल गरेका छन् । 

च्याम्पियनको टोली सँगै फिदिम आएका पौडेलले च्याम्पियन जितेँ भने कलाको माध्यम बाट पर्यटक प्रवर्धनमा जोड दिने बताए । सबै जनाले निशुल्क रुपमा दिने भोट मात्रै दिएमा च्याम्पियन जित्ने अठोट पौडेलले गरेका छन् । 

उद्योग वाणिज्य सँघ पाँचथर र नेपाल पत्रकार महासँघको आयोजानामा फिदिममा भएको साक्षत्कार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल र उद्योग वाणिज्य सँघ अध्यक्ष दिपक नेपालले शुभकामना दिँदै भरतमणीको लागी भोटको अपिल गर्नुभएको थियो । 

फाइनल सम्म पुग्न सफल भएका भरतमणीले सबैले बुझ्ने तरिकाले आफ्नो प्रस्तुती राख्ने भएकोले उनको प्रस्तुतीलाई सबैले रुचाएका छन् । गोकुल बाँस्कोटा, राजेन्द्र महतो लगायतका नेताकोे क्यरिकेचर बाट चर्चा बटुलेका पौडेलले पछिल्लो समयमा पारस शाहाको क्यारिकेचर बाट झनै दर्शकको मन जित्न सफल भएका छन् । च्याम्पियनको फाइनल आगामी असोज २ गते हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!