पाँचथरमै अक्सिजन उत्पादन हुने

Posted on: 04 Sep, 2021

कमल घिमिरे । भदौ १९ । पाँचथर, जिल्ला अस्पाताल पाँचथरमा नै अक्सिजनको उत्पादन हुने भएको छ । 

अक्सिजनको अभाव नहोस भनेर अस्पतालमा अक्सिजन प्लान्ट राखी दैनिक २५ थान अक्सिजन सिलिन्डर उत्पादन हुने अस्पतालले जनाएको छ  । पाइप लाइन बाट अस्पतालको प्रत्येक बेडमा पनि अक्सिजनको व्यवस्था गरिने अस्पतालका स्वास्थ्यकर्मी सोमनाथ दंगालले जानकारी दिनुभयो । 

एक नम्बर प्रदेश सरकारको १ करोड आर्थिक सहयोगमा ल्याइएको अक्सिजन प्लान्ट बाट ७ देखी १० दिन सम्ममा अक्सिजन उत्पादन सुरु गरिने स्वास्थ्यकर्मी दंगालले बताउनु भयो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!