पाँचथरमा पिकअप दुर्घटना हुँदा ६ घाइते

Posted on: 01 Sep, 2021

कमल घिमिरे । भदौ १६ । पाँचथर पाँचथरको हिलिहाङ गाउँपालिकामा पिकअप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

हिलिहाङको किवा बाट फिदिम तर्फ टमटर बोकेर आउँदै गरेको बा १८ च ८२६५ नम्बरको पिकअप किवा कुपिली सडक खण्डको सिम्ले छेउमा सडक बाट करिब १०० मिटर तल खसेको थियो । 

 घाइते हुनेमा गाडी चालक हिलिहाङ ६ का २५ वर्षीय  सन्तोष योङहाङ, ४८ वर्षीय हरीमायाँ नेपाल, २५ वर्षीय मनिषा यवा, ४० वर्षीय गंगा प्रसाद मैनाली, २४ वर्षीय रोसन मैनाली र ३५ वार्षीय सुरेन्द्र मैनाली रहेका छन् । घाइते मध्ये मनिषाको अवस्था जटिल रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!