पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु

Posted on: 13 May, 2021

कमल घिमिरे। बैशाख ३०, पाँचथर । पाँचथरमा एक जना  कोरोना भाइरस सङ्क्रमित पुरुषको  मृत्यु भएको छ ।

पाँचथर, फालेलुङ गाउँपालिका वडा नं. २  का ६० वर्षीय पुरुषको आज पाँचथर  कोभिड  अस्पतालमा मृत्यु भएको हो । २६ गते पिसिआर रिपोर्ट  पोजेटिभ आएपछि होम आइसुलेसनमा बसेका  उनलाई स्वाथ्य समस्या  जटिल बन्दै गएपछि  गएराती जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट भएको यो पहिलो मृत्यु हो ।

 जिल्ला अस्पतालका अहेब दीपक खत्रीका अनुसार  उपचार सम्भव नभएपछि उनलाई राती नै कोभिड–१९ अस्थायी अस्पतालबाट सघन उपचार कक्ष भएको अस्पतालमा रेफर गरिएको थियो। झापाको विर्तामोडस्थित सघन उपचार कक्ष रहेका अस्पतालहरुमा बेड मिलाउने प्रयास हुँदाहुँदै सङ्क्रमित वृद्धको मृत्यु भएको खत्रीको भनाई छ ।

मृतकको शवलाई नेपाली सेनाको फिदिम स्थित रणशेर गणले ब्यवस्थापन गर्न लागेको अस्पतालले जनाएको छ। पाँचथरमा हालसम्म नयाँ भेरिएनको कोरोनाभाइरसका ६७ जना सङ्क्रमित  छन् । जसमध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् । ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!