पाँचथरमा सोमबारदखि निषेधाज्ञा हुँदै

Posted on: 10 May, 2021

कमल घिमिरे।बैशाख२७।पाँचथर, पाँचथरमा कोरोनाको संक्रमण फैलिदै गएको भन्दै  सोमबार राति देखी एक साता सम्म निषेधाज्ञा हूने भएको छ।
 आइतबार बसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को बैठकले जिल्लामा बैशाख २७ गते राती १२ बजे बाट जेठ ३ गतेसम्म निषेधाज्ञा जारी गरी रोकथाम र नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको प्रमूख जिल्ला अधिकारी पुण्य प्रसाद  ढकालले जानकारी दिनुभएको छ।  ।
निषेधाज्ञामा खाद्यान्न,खाना पकाउने ग्यास,तरकारी फलफुल,दुध तथा दुग्धजन्य पदार्थ लगायत  अत्यावश्यक सेवा  भने बिहान ५ : ३० बाट ९ : ३० सम्म सञ्चालन गरिने बताइएको छ। यसका साथै सरकारी तथा सार्वजनिक कार्यलय र बैँक तथा वित्तीय संस्थाले भिडभाड नगरी कर्मचारी  आलोपालो गरेर सञ्चालन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
आइतबार पाँचथरको फिदिममा नगरपालिका मा ८ जना , फालेलुङ गाउपालिका ५ जना ,याङवरका गाउपालिका ३ जना र हिलिहाङ गाउपालिकामा एक जनागरि १७ जना नयाँ संक्रमित पहिचान भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गर्ने निर्णय लिएको हो । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सख्या ३४ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!