फिदिममा भएको आगोलागीमा ३१ लाख बढीको क्षति

Posted on: 08 May, 2021

कमलघिमिरे।बैशाख२५।पाँचथर,   पाँचथरको सदरमुकाम फिदिममा शनिबार  बिहान भएको आगलागीबाट ३१ लाख ३१ हजार रुपैयाँको नोक्सानी भएको छ ।

फिदिम बजार स्थित  लखन मार्गमा रहेको दावा शेर्पाको घरमा बिहान करिब  ८ बजे भएको आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जल्दा घरमा रहेका ६ परिवारको सामान जलेर नष्ट भएको छ । आगलागीका कारण घरमा डेरा गरी बस्ने ६ परिवारका २२ जना बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

झण्डै १ घण्टापछि फिदिम नगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!