फिदिममा कोभिडको अस्थायी अस्पताल स्थापना

Posted on: 07 May, 2021

कमल घिमिरे।बैशाख २४। पाँचथर,  पाँचथर को फिदिममा कोभिड १९  का बिरामीहरुको उपचारका  लागि अस्थाई अस्पताल स्थापना गरिएको छ।

जिल्ला अस्पताल परिसर भित्र  तत्काल लाइ १० शैया को अक्सिजन र आवश्यक उपकरण सहितको कोभिड अस्पताल निर्माण गरिएको  शुक्रबार एक कार्यक्रम को आयोजना गरि  जिल्ला अस्पतालले जनाएको छ।


 चाँडैनै अस्पतालको नयाँ भवनमा आइसुलेसन बेड थप गर्नु का साथै कोभिड को रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रुपमा लागि परिने जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल बिकास समितिका प्रमुख बिष्णु  प्रसाद सापकोटाले बताउनुभयो।

 अन्य जिल्लाको तुलनामा पाँचथर जिल्ला सुरक्षित रहेको र जिल्लाका सबै गाउँपालिकाले आइसुलेसन वार्ड को व्यवस्था  गरिसकेको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले जानकारी दिनुभयो। सबै जिल्ला बासीलाई स्वाथ्य सुरक्षा को मापदण्ड अपनाई सुरक्षित रहन आग्रह समेत प्रजिअ ढकालले गर्नु भयो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!