कांग्रेस गठबन्धनमा जाँदैन – केन्द्रीय सदस्य ढुंगाना

Posted on: 12 Mar, 2022

कमल घिमिरे । फाल्गुन २८ । पाँचथर, बैशाखमा हुन लागेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेस कुनै पनी गठबनधनमा नजाने केन्द्रीय सदस्य राजिव ढुंगानाले बताएका छन् ।

नेपाल प्रेस युनियन पाँचथरले शनिबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थानीय चुनावमा कुनै पनी दल सँग तालमेल नगर्ने बताएका हुन् । अहिलेको गठबन्धन सरकार सञ्चालनका लागी मात्र भएकोले चुनावमा यो गठबन्धन नरहने ढुंगानाको भनाइ छ । 

फागुन २९ गते बाट १ महिना सम्म चल्र्ने  घर घर जाऔँ, काँग्रेस जिताऔँ ’ अभियानमा प्रतिनिधिको रुपमा पाँचथर आइपुगेका ढुंगानाले नेपाली जनताको लागी काँग्रेसको जित आवश्यक रहेको दावी गरे ।

एक महिना सम्म चल्ने अभियानमा भातृ संस्थाहरुलाई चलायमान बनाउने ,प्रयेक वडामा कार्यक्रम सञ्चालन गर्ने, मतदाता शिक्षा दिने , सार्वजनिक बहस गर्ने, एम.सी.सी को भ्रमलाई चिरफार गर्ने लगायतको कार्यक्रम गरिने ढुंगानाको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!