पाँचथरमा नेकपा र कांग्रेस बिजयी फाल्गुनन्दमा नेकपा अगाडी

Posted on: 01 Dec, 2019

 कमल घिमिरे।मंसिर१५।पाँचथर, शनिबार भएको उप निर्वाचनमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ ।

कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेद्वार सुबराज थापाले ९ सय ७२ मत पाउनुभयो ।

भट्टराई ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको हो । यो वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको हो । 

यसैगरी हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी हुनु भएको छ । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गर्नुभएको हो ।

 २ हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको उपचुनावमा हजार ६ सय ९३ मत खसेको थियो । यो वडामा तत्कालीन नेकपा एमालेकोतर्फबाट निर्वाचित वडाध्यक्ष तिर्थ तिमल्सिनाको निधनपछि उपचुनाव भएको हो ।

यता फाल्गुनन्द गाउँपालकिा मा भने बिहान ९ः३० बाट मात्रै सुरु भएको छ पछिल्लो मतगणना अनुसार नेकपाले अग्रता लिएको छ । मतगणनाको ताजा जानकारी

खसेको मत – १०८२३

गनिएको मत – ८४६

नेकपा – ४०४

नेपाली काँग्रेस – ३५४

समाजवादी – ५३

राप्रपा नेपाल – ९

राप्रपा (संयुक्त) – ११

संघीय लिम्बुवान मञ्च – ५

जनमुक्ति – २

मंगोल नेशनल अर्गनाइजेशन – ०

बदर मत – ८


यस बिषयमा तपाइको प्रतिक्रिया...!