फिदिममा मनिषाको ‘छोरी’ को चर्चा

Posted on: 12 Aug, 2022

कमल घिमिरे साउन २७ पाँचथर,पाँचथरको फिदिममा मनिषा आचार्यको उपन्यास ‘छोरी’ को चर्चा गरिएको छ । 

साहित्यको नारीवादी क्षेत्रमा कलम चलाउँदै आएकी आचार्यको पहिलो उपन्यास ‘छोरी’ को यस अघिनै काठमाण्डौमा विमोचन गरिएको थियो । नौलो साहित्यिक बिहान समाज नेपालको आयोजनामा गृह जिल्ला पाँचथरमा पहिलो पटक चर्चा गरिएको हो । पुस्तकको परिचर्चा राज दिलाञ्जली, राधा स्मृती लुइटेल र सुनिल आङबोले गर्नुभएको थियो ।

छोरी जन्माएकै कारण आफ्नै परिवार र समाजबाट तिरस्कृत भएकी एक महिलाको संघर्षका कथालाई उपन्यासमा देखाइएको छ । महिला माथी भएका अनेक उत्पीडन, विभेद र उनिहरुका संघर्षसँग जोडिएका सम्वेदना, सहानुभुति, कहाली लाग्दा उथलपुथल, प्रेरणा र हौसलालाई समेटेको लेखिका आचार्यले जाननकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!