पाल्पामा आगो ताप्ने क्रममा जलेर मृत्यु

Posted on: 10 Mar, 2022

फागुन २६, पाल्पा ।  माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो ।

उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!