जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

Posted on: 05 Jan, 2019

पुस २१ बेझाड | बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ । 

कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु” घिमिरेले भन्नुभयो । 

उहाँले किसान परियोजनामा आवद्ध हँुदा मासिक रु ५० हजार बराबर तलब बुझ्नुहुन्थ्यो । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गर्नुभएकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाउनुभएको छ । 

कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहनुभएको छ । “आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ” उहाँ भन्नुहुन्छ । 

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उहाँलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उहाँ बताउनुहुन्छ । यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु ४००मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ । 

“कुरिलोको उत्पादन लिने समय नहँुदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पु¥याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु” घिमिरेले भन्नुभयो । 

यस व्यवसायमा उहाँका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आउनुभएको छ । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहनुभएको छ ।मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हँुदा पनि बिक्रीका कुनै समस्या छैन । 

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । 

घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!