टर्कीमा आएको भूकम्पका कारण सर्‍यो १० फीट जमीन

Posted on: 09 Feb, 2023

माघ २६, काठमाडौँ | टर्की (टुर्किये) मा सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण त्यहाँको जमीन १० फीट सरेको छ । 

इटलीका भूकम्प वैज्ञानिक डा कार्लो डोग्लियानीले यो दाबी गरेका हुन् । 

संसार ठूला ठूला टेक्टोनिक प्लेटहरूमा अडिएको छ । यी प्लेटहरूका मुनि तरल पदार्थ लाभा तैरिरहेको छ । लाभाले प्लेटहरूलाई पनि तैराउँछ र ठोकिइरहेका हुन्छन् । टर्कीको अधिकांश भाग एनाटोलियन टेक्टोनिक प्लेटमा छ । यो प्लेट युरेसियन, अफ्रिकन र अरेबियन प्लेटको बीचमा फसेको छ । 


अफ्रिकन र अरेबियन प्लेट सर्दा टर्की स्यान्डविच झैं फसेको छ । 

त्यसले पृथ्वीमुनिबाट ऊर्जा निकाल्छ र भूकम्प आउँछ । सोमवार टर्कीमा आएको भूकम्प उत्तरी एनाटोलियन फल्टलाइनमा आएको हो । 

डा डोग्लियानीका अनुसार, एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर पर सरेका छन् । त्यसले गर्दा टर्की आफ्नो भौगोलिक स्थानबाट १० फीट पर गएको छ । 

डरहम विश्वविद्यालयमा स्ट्रक्चरल जियोलोजीका प्राध्यापक डा बब होल्ड्सवर्थका अनुसार, यति ठूलो भूकम्पले टर्की वरपरको टेक्टोनिक प्लेटमा ३ देखि ६ मिटर हलचल हुनु स्वाभाविक हो । टर्की खासमा भूकम्प जोखिम क्षेत्रमा रहेको छ । 

टेक्टोनिक प्लेट यसरी होरिजोन्टल रूपमा सरेमा सडक, भवन, पानी वा पेट्रोलको पाइपलाइनलाई पनि भत्काइदिन सक्छ । यसले नदीहरूको दिशा पनि मोड्न सक्छ । 

२०७२ सालमा आएको भूकम्पका कारण काठमाडौंमुनिको जमीन १० फीट दक्षिणतर्फ सरेको क्याम्ब्रिज विश्वविद्यालयका टेक्टोनिक विज्ञ जेम्स ज्याक्सनले बताएका छन् । नेपालका आएको उक्त भूकम्प २० वटा ठूला परमाणु बम जत्तिकै शक्तिशाली रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!