हास्य कलाकार मनिष खड्काले ल्याए “भुनभुन्ती भमरा”

Posted on: 18 Apr, 2017

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । हास्यकलाकार तथा लोकदोहोरी गायक मनिष खड्काले नयाँ लोकदोहोरी गित “भुनभुन्ती भमरा” बजारमा ल्याएका छन् । गित सुन्दा नै नाचौं नाचौं लाग्ने यस लोक दोहोरी गितको भिडियो भर्खरै मात्र बजारमा आएको छ । छमछमी नाच्ने शैलीको यस रोमान्चक गितमा मनिष खड्का र समिता श्रेष्ठको स्वर रहेको छ ।

त्यस्तै यस गितको उत्कृष्ट लय तथा शव्द सिर्जना पनि स्वयं खड्काकै रहेको छ भने म्युजिक भिडियोमा पनि स्वयं खड्का र समिता श्रेष्ठकै उत्कृष्ट अभिनय रहेको छ  । यस भिडियोलाई चर्चित निर्देशक रबिन थापाले निर्देशन गरेका छन् । त्यस्तै करन चैसिरको छायाँकन र दिपक बिष्टको भिडियो सम्पादन रहेको छ । गुरुआमा फिल्मस् प्रा.ली ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियोलाई मालति डिजिटल म्युजिक प्रा.ली ले बजार व्यबस्थापन गरेको छ भने म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियाे हेर्नुस् https://www.youtube.com/watch?v=8c0qrBCnzwI 

यस बिषयमा तपाइको प्रतिक्रिया...!