बारीमा उम्रिएको च्याउ पकाएर खाँदा २ जनाको मृत्यु, दुई जना बिरामी

Posted on: 15 Jun, 2022

असार १, ओखलढुङ्गा | ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् । 

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!