दियाे बाल्ने क्रममा आगलागी हुँदा तीन पसल नष्ट

Posted on: 23 Oct, 2022

कात्तिक ६, नुवाकोट | दियाे बाल्ने क्रममा आगलागी हुँदा नुवाकोट जिल्लामा तीन पसलमा आगलागी भएकाे छ।

शिवपुरी गाउँपालिका-८ सप्तरी डिल बस्ने ३६ वर्षीय विजय थापाको घरमा रहेको फेन्सी पसलमा दियो बाल्ने क्रममा शनिबार राति आगलागी हुँदा तीन पसलमा आगलागी भएकाे हाे।

आगलागी सँगै रहेकाे ४० वर्षीय हरी थापाको घरमा रहेको किराना पसल र ४० वर्षीय विजय थापाको हार्डवेयर पसलमा समेत भएकाे थियाे। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!