सोनु सूदले आर्थिक अवस्था कमजोर भएका ५० जनाको मिर्गौला प्रत्यारोपण गरिदिने

Posted on: 11 May, 2022

वैशाख २८, काठमाडौँ | भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्। 

उनले एक अस्पातालको विज्ञापन गरेको पारिश्रमिकबाट आर्थिक अवस्था कमजोर भएका ५० जना बिरामीहरूलाई मिर्गाैला प्रत्यारोपण गराइदिने बताएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार मिर्गौला प्रत्यारोपणको लागि उनले विज्ञापनको १२ करोड भारु पारिश्रमिक सहयोग गर्नेछन्। 

            फिल्मका नामुद भिलेन सोनू वास्तविक जीवनमा त हिरो रहेछन्' « Himal Post |  Online News Revolution

'एक अस्पताल मसँग काम गर्न चाहन्थ्यो। मैले अस्पतालको विज्ञापन गरेको पारिश्रमिकले ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने प्रस्ताव राखेको थिए। ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्दा १२ करोड खर्च हुनेछ। अहिले दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ। जो सायद यसको खर्च जिन्दगीभर उठाउन सक्दैनथे,' उनले भने।

पछिल्लो समय अभिनेता सोनु सामाजिक कार्यमा निकै सक्रिय छन्। उनले सूद फाउन्डेशन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन्।

सोनुले अन्य विज्ञापनबाट कमाएको पारिश्रमिक पनि यसरी नै परोपकारी काम गरेका छन्। यसअघि कोरोना महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!