चुनावी प्रचारप्रसारमा अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीको आग्रह

Posted on: 08 May, 2022

वैशाख २५, काठमाडौं । चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीले आग्रह गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

प्रचारप्रसारमा आएका अपरिचित (व्यक्ति) कार्यकर्ताले दिएको खाने कुरा खाँदा बेहोस् हुने, चक्कर आउने घटना घटेकोले यस्तो घटना दोहोरिन नदिन प्रहरीले सूचनामार्फत यस्तो जानकारी गराएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!