चीनको एक कम्पनी तीन सन्तान जन्माउनेलाई १८ लाख पुरस्कार, एक वर्षको छुट्टी दिने

Posted on: 08 May, 2022

वैशाख २५, काठमाडौँ | कतिपय कम्पनीहरू आफ्ना श्रमिक तथा कर्मचारीको हितका लागि विभिन्न नयाँ-नयाँ नीति तथा योजनाहरु ल्याउने गर्दछन् । एउटा कम्पनीको यस्तै नीति आजकल निकै चर्चामा छ । उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई तिनवटा बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ ।

यदि कुनै कर्मचारीले तेश्रो बच्चा जन्माएमा उसलाई करिब १८ लाख रुपैयाँ पुरस्कार मात्र होइन एक वर्षको छुट्टी दिने योजना कम्पनीले अघि सारेको छ ।

यस्तो गज्जबको तथा अनौठो नीति लागू गर्ने कम्पनी चीनको हो । सन् २०१६ मै एक बच्चा नीति खारेज गरेको चीनले पछिल्लो समयमा आफ्ना नागरिकहरुलाई तीन वटासम्म बच्चा जन्माउन प्रोत्साहित गरिरहेको छ ।

चीनमा जनसंख्या नियन्त्रणका लागि भन्दै सन् १९८० को दशकदेखि एक बच्चा नीति सुरु गरिएको थियो । तर कम जन्मदरका कारण वृद्धवृद्धाको संख्या बढी र युवा जनसंख्या कम भएसँगै सन् २०१६मा चीनले दुई बच्चा नीति लागू गर्‍यो । त्यतिले पनि नपुगेर सन् २०२१ को मे महिनामा चीनले तीन बच्चा नीति ल्याएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!