प्रचण्डलाई 'जुत्ता हान्छु' भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक पत्रकार पक्राउ

Posted on: 08 May, 2022

 वैशाख २५, तुलसीपुर | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'जुत्ता हान्छु' भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । 

‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!