भारतमा रहेको जानकी मन्दिरको १५१ बिघा जग्गा गायब

Posted on: 01 Jun, 2019

जेठ १८, धनुषा | जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।

जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । 

सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो । 

- यो समाचार आजको राजधानी दैनिकमा केशव प्रसाद पाण्डेले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!