वलात्कारपछि बहिनीको हत्या गर्ने दाजु पक्राउ

Posted on: 20 Mar, 2019

चैत ६, राजविराज | कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । 

बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् । 

घटना अनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षे राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे । उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरुले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन् । 

- यो समाचार मनोहर पोखरेलले अन्नपूर्णमा लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!