मोदी पुनः नेपाल आउँदै, रेलको उद्घाटन गर्ने

Posted on: 05 Nov, 2018

कात्तिक १९, काठमाडौं  | भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।

उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।

उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । 

प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।

 ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने ।

औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।

 उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!