अब एकल महिला मात्र नभई एकल पुरुषलाई पनि भत्ता !

Posted on: 25 Aug, 2018

भदौ ९, बैतडी । बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । 

उनले भनिन्, “६० बर्ष नाघेका बृद्धहरु समस्यामा परिरहेको गुनासो ब्यापक आउने गरेको छ, त्यसैले नगरकार्यपालिकाबाट ६० बर्षदेखि ७० बर्ष सम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौँ, यसले गर्दा बृद्धहरु खुसि भएका छन् ।

बृद्धहरुको अवस्था हेर्दा केहिका छोराछोरी हुदैँनन्, कसैका छोराछोरी भएपनि ख्याल खबर गर्दैनन् र यस्ता समस्यामा परेका ब्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले बिदुर भत्ता दिने निर्णय गरेका हौँ, उनले भनिन्, ।

७०बर्ष पछि भने सरकारले नै बृद्ध भत्ता दिने भएकाले नगरपालिकाले दिने भत्ता कटौति गर्ने बताइन् । गत साउन महिना देखि लागु हुनेगरि बिदुर भत्ता बितरण गरिने ओझाले बताइन् । 

यो समाचार आजको राजधानी दैनिकमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!