जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी

Posted on: 02 May, 2018

वैशाख १९, काठमाडौं | जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । 

धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ । मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए । जानकी मन्दिरमा रेड कार्पेट ओछयाउनको साथै जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताए ।

जानकी मन्दिरबाट फर्केपछि पुनः वारहविघामा प्रम मोदीलाई जनकपुर उपमहागनरपालिकाले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ जउनपाका मेयर साहले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिन्नदनपछि करिव ५० हजार जन समुदायलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लाबाट मान्छे बोलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव हरि फुयाँलले बताए । उनले भारतीय प्रम मोदीको जनकपुरमा दुई घण्टाको कार्यक्रम तय भएको बताए । - यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!