नेपालको इतिहासमै पहिलो पटक भदौ १ देखि खुला कारागार सञ्चालन हुँदै

Posted on: 01 May, 2018

वैशाख १८, काठमाडौं | नेपालको कारागारको इतिहामा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ । नेपालको कारागारको एक सयवर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो । 

यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाँउमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्था विभागले जनाएको छ । सो ठाँउमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

विभागका शाखा अधिकृत दीपक न्यौपानेले अहिले जारी मापदण्डसंहितामा भएको व्यवस्थाअनुसार बाँकेको गानापुरमा खुला कारागार सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । खुला कारागारको व्यवस्था गरिएको दण्डसहिता भदै भदौ १ गतेदेखी लागू हुनेछ ।

‘सम्पूर्ण संरचनाको तयार नभए पनि दण्डसंहिता गरिएको बाध्यकारी व्यवस्था अनुसार थोरै संख्यामा भएपनि भदौदेखि खुला कारागार सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने । खुला कारागार निर्माण भइरहेको सो ठाँउमा अहिले दुईतले भवन निर्माण भइरहेको जानकारी दिँदै न्यौपानेले सोही भवनबाट नै भदौदेखि खुला कारागार सञ्चालन गरिने तयारी भइरहेको जानकारी दिए । - गोरखापत्रबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!