नुवाकोट विदुरवासी धमिलो पानीलाई तीन सय रुपैँयासम्म तिर्न बाध्य

Posted on: 08 Aug, 2017

साउन २४, नुवाकोट । बर्षौदेखि खानेपानी अभाव झेल्दै आएका सदरमुकाम विदुरवासीले उपभोक्ता समिति नै बनाएर पानी वितरण गरिदा पनि सुख पाएनन् ।

समितिले पठाउने पानी असाध्यै धमिलो छ, खानै मिल्दैन । त्यस्तै पानीलाई पनि उनीहरू अढाई सयदेखि ३ सय रुपैयासम्म तिर्न बाध्य छन् । विदुर खानेपानी उपभोक्ता समितिले ८–९ वर्षयता त्रिशूलीबाट संकलित लेदो पानी सोझै बाडिरहेको छ ।

सदरमुकाममा २ हजार ३ सयभन्दा बढी उपभोक्ता छन्। ‘बस्तुलाई समेत खुवाउन नमिल्ने लेदो पानी आउ“छ धाराबाट,’ विदुर नपा–२ का रामकृष्ण पाण्डेले

भने, ‘कसरी खानु, लुगा धुनु ? यस्तो लेदो पानीको पनि २ सय ५० रुपैया ?’

वडा १, २, ४ र ५ मा उक्त पानी वितरण हुन्छ, जहा“ जनघनत्व बढी छ । वडा ४ स्थित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयले पनि धमिलै पानी उपभोग गर्छन्। आयोजनाको भर नभएपछि स्थानीय बासिन्दा पिउने पानी जुटाउन वरपरका मूल र ढुंगेधारा धाउन बाध्य छन् । 

नजिक मुहान नहुनेहरू गाडी, मोटरसाइकल र स्कुटीमा गाग्री बोकेर धाउ“छन्। उनीहरू कदमफेंद, ढुंगेको सिमलफेंद, बाद्रे, कालीखोला मुहानसम्म पुग्छन्।

उपभोक्तालाई स्वच्छ सफा पानी खुवाउने भनी आयोजना बनाइए पनि धमिलो पानी उपभोग गर्नुपरको अर्जुन रावलले गुनासो ‘महिनैपिच्छे ३ सय तिरिरहेका छौं,’ उनले भने, ‘तर, जारको पानी किनेर खानुपरिरहेको छ ।’ बर्खामा सधैं पिउने पानीको हाहाकार हुने होटल व्यवसायीको भनाइ छ -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!