तराईमा को बलियो ? यस्तो छ गणित

Posted on: 27 May, 2017

जेठ १३, काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ ।

फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे ।

राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीको प्रभाव तुलनात्मक रुपमा सप्तरी, सिरहा र सर्लाहीमा देखिन्छ ।

महन्थ ठाकुर नेतृत्वमा रहेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रभाव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बढी छ । पूर्वी तराईमा उसको प्रभाव छैन ।

शरतसिंह भण्डारी नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको प्रभाव महोत्तरी, सप्तरी, सिरहामा, अनिल झाको प्रभाव रौतहट र महेन्द्र राय यादवको प्रभाव सर्लाहीमा मात्रै छ । - नयाँ पत्रिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!